निजामतीमा ७० प्रतिशत आरक्षण बनाउन प्रस्ताव



काठमाडौँ। सांसदहरुले निजामती सेवामा जातीय आधारमा दिइने आरक्षण ७० प्रतिशत बनाउन प्रस्ताव गरेका छन्। संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरुले खुला प्रतिस्पर्धालाई ३० प्रतिशतमा झारेर ७० प्रतिशत आरक्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी विधेयकमाथि सोमबार भएको छलफलमा सांसदले निजामती सेवामा आरक्षण ७० र खुलामा ३० प्रतिशतको प्रस्ताव राखेका हुन्।

हाल निजामती सेवामा रहेको ४५ प्रतिशत आरक्षण र ५५ प्रतिशतमा खुला प्रतिस्पर्धालाई संशोधन गरी ७० प्रतिशत आरक्षण र खुलामा ३० प्रतिशत बनाउनुपर्ने प्रस्ताव सांसद यशोदा सुवेदी गुरुङ र रेखा शर्मा लगायतले गरेका छन्। राजधानी दैनिकमा समाचार छ।