‘संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुन्छ’



जनकपुर। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन्।

रातो पातीका अनुसार सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन्।

समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अध्यक्ष यादवले भने, ‘ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ र एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ । त्यसरी नै मधेसी र पहाडका जनजाती भित्रभित्रै छटपटाई रहेको छ । समयमै नचेते ठूलो विस्फोट हुन्छ।’

विस्फोटमा मधेसी जनताको जीत हुने भन्दै यसको लागि मधेसी जनता आन्दोलनको लागि तयार रहन समेत उनले अपिल गरे।

संविधान संशोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान संशोधन नभएपछि सरकार छाडेको उनले दावी गरे । उनले अब संसद र सडक संघर्ष गर्ने उद्घोष गरे।