बिस्नु फडेरा,
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको सातौँ वैठक सम्पन्न भएको छ।
प्रतिष्ठानका कुलपतीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा काठमाडौंमा सभा सम्पन्न भएको हो ।
प्रतिष्ठानको सातौं सभाले बिभिन्न १२ बुँदे प्रस्ताव पारित गरेको छ। प्रस्तावमा प्रतिष्ठानको कर्मचारि सेवा नियमावली २०६९ को तेस्रो संशोधन सहित पारित गरेको रजिष्टार विश्वराज काफ्ले ले बताए ।
उनका अनुसार प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा तयार पारेको सांगठनीक संरचना तथा दरबन्दी तेरिज पनि पारित गरेको छ ।
सभाको सातौं वैठकले चालु आर्थिक वर्षको लागि ६९ करोड बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । सभाले ७ अर्वको पञ्चवर्षीय योजना पनि पारित गरेको छ ।
यसै शैक्षिक सत्र देखि शुरु हुनेगरी एमडीएमएस कार्यक्रम , एमडीजीपी,गाईनो लगायतका कार्यक्रमहरुमा अध्ययन गर्ने र एमबीबीएस कार्यक्रम सुरु गर्ने कार्यक्रम परित गरेको रजिष्टार काफ्लेले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभाको वैठकले प्रतिष्ठानको छनोट समितिको अध्यक्षमा प्राडा गणेश गुरुगं नियुक्त गरेको छ । छनोट समितको सदस्यमा प्राडा तरुण पौडेललाई नियुक्त गरेको छ ।