नेकपाका तीन जना नेता कार्यकर्ता पक्राउ


काठमाडौँ। प्रहरीले नेकपाका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० का ५० वर्षीय कृष्ण चौलागाईं भन्ने नरेश चौलागाईं, विराटनगर महानगरपालिका – ८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन्।

चौलागाईं समूहका मोरङ प्रमुख रहेको बताइएको छ। प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरिएको अधिकारीले बताए।