भरत बोहरा समर्पण / पौष १४
गुड नेवर्श ईन्टरनेसनलको आर्थिक सहयोग र सेवक नेपालको प्राबिधिक सहयोगमा कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ५ मा रहेको जन प्रभात माध्यामिक बिद्यालयमा ३९५ जना बिद्यार्थीहरुलाई हिजो (पौष १३) गते झोला बितरण गरिएको छ।बिद्यालयमा अध्ययन गरिरहेका कक्षा शिशु देखि पाँच सम्मका बिद्यार्थीलाई एक एक थान झोला र अन्य शैक्षिक सामाग्री बितरण गरेको सेबक नेपालका शिक्षा बिकाश अधिकृत प्रेम चौधरीले जानकारी दिनु भयो ।
बिद्यालयमा रहेको भवनको अभावलाई मध्यनजर गरि गुड नेवर्श ईन्टरनेसनलको आर्थिक सहयोग र सेवक नेपालको प्राबिधिक सहयोगमा बिद्यालयमा एउटा चार कोठा भएको भवन पनि निर्माण गरेको छ । लम्की चुहा नगरपालिकामा जन प्रभात लाई आफुहरुले आशाको केन्द्रबिन्दु बनाउने योजना बनाएको चौधरीले बनाउनु भयो । बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रमेश रावलको सभापतित्वमा भएको झोला बितरण कार्यक्रमको प्रमुख अतिथि लम्की चुहा नगरपालिका वडा नम्बर ५ कि अध्यक्ष माया बिष्ट रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष माया बिष्टले वडा नम्बर ५ मा रहेका बिद्यालयलाई नमुना बनाउने आफुहरुको योजनामा गुड नेवर्श ईन्टरनेसनल र सेवक नेपालले सहयोग गरेकोमा धन्यवाद दिनु भयो । आगामी दिनमा पनि आफुहरु उहाँहरु सङ्ग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । लम्की चुहा नगरपालिका वडा नम्बर ५ बाट बिद्यार्थी बाहिर नजाउन ,आफ्नै वडामै रहेका बिद्यालयमा पढुन भन्ने आफुहरु चाहेको बताउनु भयो ।
बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रमेश रावलले बिद्यालयलाई नमुना बनाउन आफू सधै लागि पर्ने बताउनु भयो । बिद्यालयका प्राध्यानाध्यापक रण बहादुर भण्डारिले लम्की चुहामै बढी बिद्यार्थी भएको विद्यालय जन प्रभात भएकोले सबैको सहयोगको अपेक्षा गर्नु भयो ।