पलाँतामा मदिरा सेवन गरेका एक नेताको भीरबाट खसेर ज्यान गयो



कालिकोट। कालिकोट जिल्लाको पलाँता गाउँपालिका ७ गडवालीका जीर बहादुर धामीको अत्याधिक मदिरा सेवन गरेर हिँड्दा भीरबाट खसेर मृत्यु भएको छ। भिरबाट खसेर मृत्यु भएका धामी नेकपाका स्थानीय नेता पनि थिए।

सोही गाउँपालिकाको दुर्सि भन्ने ठाउँबाट मदिरा सेवन गरेर घर फर्कने क्रममा उनको मृत्यु भएको स्थानियले जानकारी दिए। केही समयअघि उक्त गाउँपालिकाले पालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरेको थियो। तर, उद्योग वाणिज्यसंघ कालिकोटले अदालतमा मदिरा बेच्न पाउनु पर्ने भन्दै मुद्धा हालेर मुद्धा जितेको थियो।

अदालतको आदेशपछि पलाँता गाउँपालिकामा मदिरा पुन खुला रुपमा बेच्न पाउने गरि खुला गरेको थियो। सो गाउँपालिकामा गएको बर्षमा पनि एक जनाको मदिरा सेवनको कारणले ज्यान गएको थियो।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले आफुले गाउँको सबै स्थितिलाई अध्ययन गरेर स्थानिय सरकारको तर्फबाट निषेध गर्ने निर्यण गरे पनि अदालतले पछि त्यो नियमलाई लागु नगर्न आदेश दिए पछि आफुले पनि त्यो नियमको पालना गरेको बताए। तर, मदिरा बेच्न पाउने अदालतको आदेश पछि गाँउपालिकामा २ जनाको ज्यान मदिराको कारण गइसकेको छ।