काठमाडौँ। आबुखैरेनी इलाका प्रहरी कार्यालय तनुहँले तीन जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आबुखैरेनी गाँउपालिका वडा नम्बर ३ का २२ वर्षीय उमेश खड्का, त्यस्तै सोही वडामा बस्ने २६ वर्षीय उत्सव खड्का र पालुङटार गाउँपालिका वडा ८ गोरखाका जनक श्रेष्ठ रहेका छन्।
तनहुँ आबुखैरेनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बुद्दिप्रसाद सुवेदीका अनुसार आइतबार अपराह्न ४ बजे उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट डाइजेपाम लेखेको १४ सिसि, फेनारगन १४ सिसि, नोफिन१४ सिसि, ट्रमा लेखेको १५३५ ट्याबलेट र डिखोप लेखेको १६७२ ट्याबलेट बरामद गरेको छ।
उनीहरुको साथबाट ३२ हजार ७ सय ५० नगद सहित चार थान मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक सुवेदीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।