२० वर्षीय स्टाफ नर्स धनगढीमा मृत भेटिईन्



धनगढी। आईतबार दिउँसो धनगढीमा एक स्टाफ नर्स आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छिन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० घर भएकी स्टाफ नर्स २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन्।

धनगढीको निसर्ग हस्पीटल र नवजिवन हस्पिटलमा कार्यरत सुनम धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्दै आईरहेकी थिईन्।

एक्लै डेरामा बस्दै आईरहेकी सुनम केही बेर अघि मात्र आफ्नै डेरामा सुतेकै अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिएका छन्। प्रहरी निरिक्षक कार्कीका अनुसार हाल मुचुल्का उठाउने काम भईरहेको र घटनाबारे थप जानकारी अनुसन्धानबाट मात्रै खुल्ने छ।