काठमाडौँ। गायक रामकृष्ण ढकाल र श्रीमती निलम शाह सोल्टी होटलमा भेटिएका छन्। उनको डिभोर्सको समाचार सार्वजनिक भैसकेपछि शनिबार साँझ काठमाडौंको सोल्टी होटलमा आयोजित ‘अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ कार्यक्रममा ढकाल दम्पत्ती छोरी रानीको साथमा भेटिएका हुन्।
कार्यक्रम अवधीभर उनीहरुको सामिप्यता देख्दा उनीहरुको डिभोर्स भएको हो जस्तो थिएन। कार्यक्रममा ढकालले गायिका भोस्लेसँग गीत गाएका थिए। रामकृष्णले गीत गाइरहँदा निलम र रानीले दर्शकदिर्घाबाट साथ दिएका थिए।
पौष ९ गते दिनभरी नै ढकाल र उनकी श्रीमतिको डिभोर्सको समाचार सार्वजनिक भएको थियो। सोही दिन ढकालले आफ्नो फेसबुकमा श्रीमतीसँगको तस्वीर पोष्ट गर्दै आफूहरु एकसाथ रहेको जानकारी गराएका थिए। अदालतमा पुगेर ढकाल दम्पत्तीले डिभोर्स गरेको खबर त छ। तर, पनि उनीहरुले आफूहरु एकसाथ रहेको बताइरहेका छन्।