गिरफ्तारमा परेका पत्रकार रावल, भट्ट र बराल रिहा



काठमाडौँ। कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणविरुद्धको प्रर्दशनको रिपोर्टिङमा गएका अनलाइन डबलीका प्रधानसम्पादक दिपेन्द्र रावल, रेडियो मिर्मिरेका पत्रकार साहस भट्ट, मोडिभेट अनलाइनका सम्पादक शोभराज बराल रिहा भएका छन्।

त्यस्तै सँगै पक्राउ परेका कान्तिपुर पब्लिकेसनका संचारकर्मी राजेन्द्र कोईराला अझै रिहा भएका छैनन्। उनीहरुलाई आज मात्रै प्रहरीले भृकुटीमण्डपबाट पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको थियो। चौतर्फि दबाब पछि ३ जनालाई रिहा गरे पनि राजेन्द्र कोईरालालाई भने अझै रिहा गरेको छैन।