सीपी गजुरेल अनामनगरबाट पक्राउ



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल राजधानीको अनामनगरबाट पक्राउ परेका छन्।

नेपाल-भारतबीच सीमा सम्बन्धी विवाद कायम रहेको बेला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको जानकारी दिएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले गजुरेल गजुरेल पक्राउको पुष्टि गरेका छन्। प्रहरीका अनुसार रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेको थियो।

प्रेवेशमा रोक लगाएपछि प्रहरी र माओवादी नेता कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङ घाईते बनेका छन्।  घटनापछि प्रहरीले गजुरेलसहित १० जनाभन्दा धेरै नेता कार्यकर्तालाई पक्राउ गरेको छ।