भारतीय हस्तक्षेपकाे विरुद्धमा उत्रिएका नेकपाका कार्यकर्ता गिरफ्तार



काठमाडौँ। भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शनमा उत्रिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १६ जना कार्यकर्ता काठमाडौँबाट पक्राउ परेका छन्।

नेकपाका कार्यकर्ताले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शनको तयारी गरिरहेका थिए। सोही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुईजना महिला छन्।

विप्लव नेकपाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग आफ्नो क्षेत्रमा पारेको तथा अरु विभिन्न मुद्दामा सरकारको विरोध गर्दै विप्लव नेकपाले प्रदर्शन गरेको हो।