नेकपाले भन्यो ‘प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा’



काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा र राजधानी बाग्मती राख्न निर्देशन दिएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बावालुटारमा बसेको सचिवालय बैठकले उक्त निर्देशन दिएको हो।

३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककोले  प्रदेसको नाम वाग्मती प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गर्न निर्देशन दिएको हो।

त्यस्तै बैठकले सभामुखका उम्मेदवार र एमसीसीबारे केही निर्णय नगरेको स्रोतले जानकारी दिएको छ। नेकपाको गतसाता चलेको स्थायी समिति बैठकपछि पहिलो पटक सचिवालयको बैठक बसेकोले समसामयिक विषयमा र सभामुख चयनका विषयमा छलफल गर्ने नेताहरुले बताएका थिए।