काङ्ग्रेसको विवादले लोकतन्त्र खतरामा पर्छ: लक्ष्मण शाही



काठमाडौ। नेपाली काङ्ग्रेस जुम्लाका युवा नेता एवं संगठन बिभाग प्रमुख लक्ष्मण शाहीले काङ्ग्रेसको विवादका कारण लोकतन्त्र खतरामा पर्ने चेतावनी दिएका छन्।

हाल संघीय राजधानी काठमाडौमा रहेका युवा नेता शाहीले काङ्ग्रेसभित्रको विवाद सडकमा पोखिनुलाई दु:खद भएको बताउँदै यस्तो चेतावनी दिएका हुन्।

उनले कर्णाली सन्देशसङ्गको संक्षिप्त कुराकानीमा काङ्ग्रेस अहिले आन्तरिक विवादका कारण संगिन मोडमा रहेको बताए।

काङ्ग्रेस न त सक्किने भयो, न त सच्चिने भयो, न त सप्रिने नै भयो ? नि भनेर सोधिएको प्रश्नको जवाफमा शाहीले भने, “काङ्ग्रेस सच्चिनै पर्छ। लोकतान्त्रिक शक्ति नै कम्जोर हुँदा लोकतन्त्र धरापमा पर्छ। यसमा काङ्ग्रेस सचेत बन्नुपर्छ।”

सभापति शेरबहादुर देउवा पक्षले हिजो शनिबार ०७७ फागुनमा पार्टीको केन्द्रीय महाधिवेशन र तरुणदलको ६ महिना कार्यकाल थपेपछी वरिष्ठ नेत रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमाले बिरोध जनाएको छ।

उनीहरूले सभापति देउवालाई बहुमतको अधारमा विद्यान मिचेको, पार्टीमा एकलौटी निर्णय गरेको जस्ता अरोप लगाएका छन्।