‘युथ डेमोक्रेसी शिविर’ सम्पन्न



काठमाडौँ। युवाहरूको क्षमता अभिवृृद्धी गर्ने उद्देश्यले एफएचआई ३६०, एक्सन ऐड नेपाल तथा साड्ेड नेपालसँगको सहकार्यमा युथ एड्भोकेसी नेपालले काठमाण्डौमा ‘युथ डेमोक्रेसी शिविर’ सम्मन्न गरेको छ।

क्यापमा युवाहरूलाई प्रशिक्षण गर्दै प्रा.लोकराज बरालले भने, ‘नेपालमा लोकतन्त्रको ठाँउ चुनावीतन्त्रले (ईलेक्ट्रोक्रेसी) लिएको छ, यसको सामधानको लागि युवाहरुको सचेत हस्तक्षेप आवस्यक छ।’

उनले अगाडी भनका छन्,‘लोकतन्त्र आवधिक निर्वाचन मात्र होईन, यो जीवन पद्धती र संस्कृती पनि हो। लोकतान्त्रिक ज्यवस्थाको बिकल्प असल लोकतान्त्रीक व्यवस्था नै हो।’

युवाहरूलाई प्रशिक्षण गर्दै राजनीतिक विश्लेषक उज्जवल प्रसाईले भने, ‘लोकतन्त्रको सुदृढीकरणको लागि प्रत्येक परिवारको लोकतान्त्रिकरण आवस्यक छ। पदसोपान र असमान शक्ति वितरण भएको विद्यमान परिवारको संरचनाले लोकतन्त्रलाई मजवुत वनाउन सक्दैन।’

उनले अगाडी भने, ‘विश्वविद्यालय र संचार क्षेत्रमा लोकतान्त्रिक स्पेस निरन्तर खुम्चदै गएको छ। विश्व विद्यालयहरुको राजनीतिकरण गर्नु पर्ने ठाँउमा दलियकरण गरिएको छ। प्रत्येक व्यक्तिले अर्को व्यक्तिको मान, मर्यादा र प्रतिष्ठालाई मध्यनजर गर्दै संवादको संस्कृती बढाउन सक्दा बिद्यमान लोकतन्त्रक ब्यवस्थामा देखिएका चुनौतीहरुलाई सामधान गर्न सकिने मेरो ठम्याई हो।’

तीन दिनसम्म संचालन भएको क्याम्पमा राजनीतिक विश्लेषक युग पाठक, डा. ईन्द्र अधिकारी, नरेन खतिवडा, प्रेमराज ओझा, टंक अर्याल, विसाल राना मगर, गणेश धामी, तिर्थराज कोईराला लगायतका व्यक्तित्वहरुले लोकतन्त्रको अवधारणा, सिविक स्पेस, प्राकृतिक प्रकोप न्युनिकरण तथा मानविय सहयोग, पैरवीका रणनीतिहरु जस्ता महत्पुर्ण सबालहरुमा प्रशिक्षण गरेका थिए। क्याम्पमा विभिन्न क्षेत्रका २८ जना युवाहरुको सहभागिता थियो।