कर्णाली बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन



बिर्तामोड। लघुवित्तीय कारोबारसहित सहकारी अभियानमा झापाको अग्रणी संस्था कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सर्वसम्मत नयाँ नेतृत्व पाएको छ।

आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश टसबहादुर प्रधान, ईश्वरीप्रसाद खरेल, भूपाल बस्नेत र एकराज विष्टले जिम्मेवारी पाएका छन्।

समितिको सदस्यमा गणेश पराजुली, गुञ्जन थापा, कुमारी भट्टराई, जानुका न्यौपाने र निर्मला लुईटेल सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका प्रमुख डिल्ली दाहालले जानकारी दिए।

संस्थाको वार्षिक साधारणसभा यही पुष १३ गते हुँदैछ। सो साधारण सभाबाट नयाँ नेतृत्वले सपथग्रहण गर्ने कार्यतालिका बनाइएको जनाइएको छ।