कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले कालाे पट्टि बाँधेर काम गरे


जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत करार कर्मचारीहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन्। पुस १० गते बिहिबारको पुर्व घोषणाअनुसार आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको आन्दोलीत कर्मचारीहरुले बताएका छन्। शुक्रबार एक विज्ञप्ती जारी गर्दै उक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन्।

करार कर्मचारीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस प्रतिष्ठानमा कार्यरत करार कर्मचारीहरुलाई स्थायी बनाउन गरीएको मागका सम्बन्धमा यस प्रतिष्ठानका पदाधिकारीहरुलाई बिहिबार ज्ञापन पत्र बुझाएपनि त्यसको कुनै आधिकारीक जवाफ नआएको हुँदा सो मागको यथासिघ्र सम्बोधन गर्न पुन अनुरोध गर्दै यदी उक्त मागको सम्बन्धमा बेवास्था गरीएमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरीने जानकारी गराउँदछौँ।’

साथै पुर्व सुचित कार्यक्रमअनुसार पुस ११ गते कालो पट्टी सहित बिरोध कार्यक्रम सम्पन्न भएको उक्त विज्ञप्तीमा भनिएको छ। पुस १२ गते प्रतिष्ठानको नीयमावली जलाउने त्यति गर्दा पनि माग सम्बोधनमा कुनै चासो नराखे प्रतिष्ठानको सभा अवरुद्ध हुने गरि पुस १३ गते देखि अस्पतालको आकस्मिक बाहेकको सम्पुण सेवाहरु अनिश्चीतकालका रुपमा वन्द गरिने विज्ञप्तीमा भनिएको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावल ले कर्मचारिहरुले यस्तो गर्न नहुने बताए। रावलले भने हामिले सक्दो प्रयास गरेका छौं। तर नीयम कानुन भन्दा ठुलो कोहि रहन, हुन सक्दैन त्यसैले कानुनी प्रकृया अनुसार नेपालको संविधानमा जे व्यबस्था गरिएको छ त्यस अनुरुप अगाडि बढ्ने हो।

र यो सिनेटमा शंसोधन भएको कर्मचारि नियमावलि पारित गरेर जति सक्दो चाँडो पदपुर्ति गर्न अगाडि बढ्नुपर्ने हुन सक्छ। लोकसेवाले पदपुर्ति गर्दा दुईवर्ष देखि काम गर्दै आएका करार कर्मचारिहरु को कस्तो व्यबस्थापन हुन्छ भन्ने प्रश्नमा निर्देशक रावलले भने त्यो सिनेट बसेपछि थाहा हुने कुरा हो। तर आन्तरिकलाई विशेष जोड गर्छौँ।

अर्को कुरा नेपाल सरकारको नीयममा पनि धेरै अस्थायी कर्मचारि नराख्ने प्राबधान छ। त्यसो भएकोहुँदा प्रतिष्ठानमा आवस्यक संख्या पदपुर्तिबाट पुर्ति गर्छौ र आन्तरिकलाई बढि जोड दिन्छौँ। यता प्रतिष्ठानमा भने संबिधान जारि भईसकेपछि केहि कर्मचारीहरुलाई स्थायी गरिएको विधि र प्रक्रिया अनुसार हाल करारमा कार्यरत कर्मचारिहरुलाई पनि स्थायी बनाउनु पर्ने माग राख्दै करार कर्मचारिहरु आन्दोलित भएका छन्।