दोहोरी प्रतिष्ठानले कलाकारलाई प्रशिक्षण दिने



काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालले कलाकारहरुका लागि प्रशिक्षण दिने भएको छ। प्रतिष्ठानले एक सूचना प्रकाशित गरि आगामी माघ महिनाबाट ६ महिने कलाकार प्रशिक्षण दिने जानकारी दिएको छ।

उक्त कार्यक्रम अन्तर्गत गायन विधाको प्रशिक्षणमा पहिलो समुहको भर्ना समेत सुरु भैसकेको जनाएको छ। प्रशिक्षण प्रतिष्ठानकै कार्यलय काठमाडौं टोखामा दिईने छ।

ख्यातीप्राप्त गायक प्रशिक्षकले प्रशिक्षण दिने, बिहान बेलुका गरेर आफुलाई पायक पर्ने दुवै समयमा सिक्न सकिने, आर्थिक अवस्था कमजोर, दुर्गम तथा नवप्रतिभा कलाकारलाई छुटको व्यवस्थापनि गरिएको प्रकाशित सुचनामा उल्लेख गरिएको छ। प्रशिक्षणमा सहभागीको लागि प्रतिष्ठानले प्रशिक्षण शुल्क १ सय र फारम दस्तुर ६ हजार तोकेको छ।