कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारी आन्दाेलीत



बिष्णु फडेरा,

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत करार कर्मचारीहरुले बिहिबार संघर्ष समिति गठन गर्दै ज्ञापन पत्र बुझाएका छन्। प्रतिष्ठानमा कार्यरत करार कर्मचारीहरुले आफूहरुलाई स्थायी बनाउनुपर्ने माग गर्दै अस्पताल प्रशासन अधिकृत चेतबहादुर रोकायालाई ज्ञापन पत्र बुझाएका हुन्।

कार्यक्रममा करार कर्मचारीहरुको तर्फबाट बोल्दै कबिन्द्र महतले प्रतिष्ठानमा यो भन्दा अगाडिका कर्मचारीहरुलाई जुन प्रक्रियाबाट स्थायी गरीएको हो सोही प्रक्रिया मार्फत आफूहरूलाई पनि स्थायी बनाउनु पर्ने माग गरे। महतले भने, ‘हाल आयर करार कर्मचारीहरुलाई प्रतिष्ठानले बेवास्ता गरेको भान भएको छ।’

कार्यक्रममा बोल्दै प्रतिष्ठान कर्मचारी सँघका अध्यक्ष रमाकान्त उपाध्यायले उक्त आन्दोलनमा अफ्नो समर्थन रहेको प्रतिवद्धता जाहेर गरे। त्यसै क्रममा प्रतिष्ठानका फर्मासीस्ट पविन काफ्लेले प्रतिष्ठानमा ८५ प्रतिशत करार कर्मचारी रहेकाले सम्पुर्ण कार्य करारले गर्ने तर काम गरेकाे मुल्यांकन नहुने  काफ्लेले भने, ‘यो प्रतिष्ठानमा काम भने हामीले गर्ने। तर, हामीलाई नै सौतेनी व्यबहार गरेकोमा दु:ख लाग्छ।’

उनकाअनुसार कर्मचारिले पाउने सेवा सुबिधा ऐनमा गरिएको भए पनि कार्यान्वयनमा कुनै वास्ता गरिएको छैन। करार कर्मचारीहरुले सुत्केरी बिदासमेत नपाएको र करार कर्मचारीले ट्रेनिङसमेत पाउदैनन्, उनको गुनासो थियो।

यता प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्ले भने करार कर्मचारिहरुलाई नेपालको संविधान पढ्न सुझाव दिन्छन्। उनी भन्छन् ‘साथीहरुले बुझ्न नसकेका हुन कि खै के हुन् ? नेपालकोे संविधानको धारा २४३ मा स्पस्ट रुपमा भनेको छ कि नेपाल सरकारको ५० प्रतिशत लगानी रहेका संस्था, प्रतिष्ठानमा कर्मचारी भर्ना र बढुवा गर्दा लोकसेवा आयोगको परामर्श लिनु पर्ने प्रावधान छ।

यहि प्रावधानअनुसार नै पाँचौँ सिनेटमा प्रस्ताव पेश गर्ने तयारि रहेको छ। योभन्दा अगाडि २०७३ मा स्थायी भएका कर्मचारीहरु कुन प्रक्रियामा स्थायी भएका हुन? भन्ने प्रश्नमा रजिस्टार काफ्लेले भने, ‘नेपालको संविधान जारि भईसकेपछि दुई वर्षभित्र नियमावलि शंसोधन गरेर लोकसेवालाई जिम्मा दिइसक्नु पर्ने हो। तर, हाम्रो नियमावलि शंसोधन भईनसकेको हुँदा र लोकसेवा आयोगले पत्र पठाइनसकेको हुँदा त्यतिबेलाका कर्मचारिहरुले स्थायीहुने अवसर पाए। सोहि प्रक्रियाबाट स्थायी भएका हुन्।’

तपाईहरुले नजीर स्थापित गराईसक्नु भएछ अब पनि सोहि प्रक्रिया अपनाएर स्थायी बनाउन मिल्दैन र भन्ने  अर्को प्रश्नमा रजिस्टार काफ्ले भन्छन्ले, “हामीलगाएत अन्य प्रतिष्ठानमा लोकसेवा आयोगले पत्र पठाईसकेकोले यो प्रक्रिया असम्भव छैन। हामीलाई लोकसेवा आयोगले २०७५ कात्तिक १६ गते पत्र पठाएकाले अब बस्ने सिनेटमा निएमावली शंसोधन गर्ने र लोकसेवालाई जिम्मा दिने भन्ने विषयमा छलफल हुन्छ।’

यता प्रतिष्ठानका करार कर्मचारीहरुले कानून सबैको लागि बराबर भएको भन्दै हुने आफूहरूलाई पुरानै प्रक्रियाबाट स्थायी बनाईनु पर्ने अडानमा छ्न। नभए पुराना जुन संविधान जारी भईसकेपछि स्थायी भएका कर्मचारीहरु पनि खारेज हुनुपर्ने माग राखेका छन्। यसैबीच प्रतिष्ठानका एक कर्मचारीले २०७३ मा स्थायी गराउनुभन्दा पहिले लोकसेवा आयोगले पत्र पठाएको तर प्रतिष्ठानका कर्मचारीले लुकाएको आरोप लगाएका छन्।

नाम नखुलाउने सर्तमा ति कर्मचारिले भने अस्पताल प्रशासनमा रहेका एक दुई जना कर्मचारिहरुले रजिष्टारलाईसमेत भ्रममा राखेर आफुहरु संविधान जारि नहुँदै स्थायी भएको बताउने गरेको ति कर्मचारिले बताए।

प्रतिष्ठानमा रहेका कुल तिनसय १४ जना कर्मचारिहरु मध्य हाल करिव ६५ जना स्थायी तथा २ सय ४९ जना करार कर्मचारि कार्यरत रहेका आन्दोलनरत करार कर्मचारिहरुले बता्एका छन्। ज्ञापनपत्र बुझाएका कर्मचारीहरुले आफुहरुको मागलाई बेवास्ता गरिए पुस ११ गतेदेखि आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

नियमावलीमा के छ ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली २०६९ को दफा २५ को ख मा कर्मचारीहरुलाई छनौट गर्ने एउटा समिति रहने छ। जसले उक्त दफामा भएको व्यवस्था बमोजिम कर्मचारि छनोट गर्नेछ।

योभन्दा पहिलेको स्याम लम्साल रजिष्टार भएको बेला चौंथो सिनेटले कुन प्रक्रिया पुरायर स्थायी बनाइएकाे हाे त्याे रहस्यमय रहेकाे करार कर्मचारीहरू बताउछन्। प्रतिष्ठानकाे पाँचाै सिनेट यहि पुस १४ गते काठमाडाैमा बस्दैछ।