बाँके। बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन हुने भएको छ। यसका लागि नेपालगन्जका नगर प्रमुख धवल शम्सेर राणासहित नेकपा, नेपाली कांग्रेस, राप्रपालगायत दल र अरु सरोकारवालाको छलफल भएको हो।
भेलाले आन्दोलनका लागि नेपालगञ्ज उप–महानगरपालिकामा सचिवालय रहने गरि १७ सदस्यीय समिति गठन गरेको नेकपाका नेता रत्न खत्रीले जानकारी दिए।
लामो समय देखी बाँके बर्दियाको लागी प्रदेश पाँचको राजधानी उपयुक्त नभएको भन्दै गुनासो तथा नेपालगन्जलाई राजधानी नदिए कर्णाली प्रदेशमा जाने भनेर उद्घोष गर्दै आएका नगर प्रमुख धवल शमशेरले गत साल नै आन्दोलन गर्ने उद्घोष गरेका थिए। उता नेकपाका नेता तथा प्रदेश सभा सदस्य आइपी खरेलले समेत प्रदेश सभामै कर्णालीमा जाने उद्घोष गरिसकेका थिए।