पर्सा प्रहरीद्वारा ठूलो मात्रामा सुर्ती र गाँजा नष्ट



पर्सा। ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको पर्सा पटेर्वासुगौलीमा सुर्ती र गाँजाको एक हजार बोट नष्ट गरेको छ।

जिल्लाको पटेर्वासुगौली गापावडा नं.४ अकवा फरहदवा स्थित रहेको ऐलानी अ १ कठ्ठामा नामथर वतन नखुलेको मानिसले अवैध रुपमा सुर्तीको बोटसँगै एक हजार गाँजाको बोट नष्ट गरेको जनाएको छ।

त्यस्तै यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा ठोरी गापा वडा नं५ आठघरे स्थित बिभिन्न स्थानमानामथर वतन नखुलेको मानिसले अवैध रुपमा लगाएको गाँजाको दुइ हजारबोट फडानी गरी नष्ट गरिएको र सोही स्थानमा घरेलु मदिरा तयार पार्नलाई लुकाई छिपाई राखेको ५ हजार लिटर कच्चा पदार्थ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।