सूर्यग्रहण समाप्त भए जस्तै कांग्रेसभित्रको ग्रहण पनि समाप्त होस्: नेता शाही



काठमाडौँ। नेपाली कांग्रेस जुम्लाका युवा नेता एवं संगठन विभाग प्रमुख लक्ष्मण शाहीले नेपाली कांग्रेस सहमति सहकार्य, एकता र मेलमिलापको सिद्धान्तअनुरुप चल्नुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेता शाहीले सुर्य ग्रहणसँगै पार्टीभित्रको विवाद समेत अन्त्य हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन्। नेपाली समयअनुसार बिहीबार बिहान ८ः४२ देखि सुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त भएको वलय खण्डग्रास सूर्यग्रहणको विषयसँग कांग्रेसको आन्तरिक विवादलाई जोडेर नेता शाहीले यस्तो आग्रह गरेका हुन्।

जो आज लागेको वलय खण्डग्रास एक दुर्लभ घटना थियो। उक्त समयमा पृथ्वी, चन्द्रमा र सूर्य एउटै सरलरेखामा परेका थिए। आजको खण्डग्रास सूर्यग्रहणमा अर्को महत्वपूर्ण घटना पनि घट्यो।

त्यो हो पृथ्वीसहित छ वटा ग्रहहरु सूर्यसँग एउटै सरलरेखामा लाइनबद्ध भएर परिक्रममा गरेका थिए। तर, यो घटनाका बेलामा पृथ्वीमा प्रलय हुने, ठूला प्राकृतिक प्रकोपहरु जस्तो भूकम्प जाने, बाढी–पहिरो आउने, अनिकाल पर्ने जस्ता घटना घट्ने हल्लाहरुमा कुनै वैज्ञानिक कारण छैन।

नेता शाहीले लेखेका छन्, ‘पृथ्वीमा ग्रहण सकियसँगै पार्टीको ग्रहण पनि समाप्त होस्। सहमति, सहकार्य। एकता र मेलमिलापको शुभकामना । जय नेपाल ।’