रामकृष्ण ढकाल भन्छन्, ‘हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन’



काठमाडौँ। गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाहसँगको सम्बन्धमा कुनै चिसो नआएको बताएका छन्। बिहीबार आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै गायक ढकालले पछिल्लो समय मिडियामा आफ्नो सम्बन्ध विच्छेदलाई लिएर बनेका समाचारहरु परिवारको आत्मसम्मान विपरीत भएको भन्दै नकारात्मक टिप्पणी नगरिदिन अनुरोध गरेका हुन्।

आफ्नो पारिवारिक कुराहरुलाई मिडियाले उचालेको भन्दै उनले आफु सँधै झैँ हाँसी खुशी परिवारसंगै रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ’नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बनाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रसंशक कति रहेछन् भन्ने कुराको आभाष भएको छ। सम्पूर्ण दर्शक श्रोता प्रति सँधै कृतज्ञ छु र रहिरहनेछु।’

उनले भनेका छन्, ’विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु।’