झापाकी एञ्जिलालाई भारतमा बलि चढाउने योजनाकार यि हुन्



काठमाडौँ। झापाकी २० वर्षीया एन्जिला (नाम परिवर्तन) लाई नेपाल–भारतको बोर्डरमा लगेर बलि दिने योजना बनाएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पाँच जनालाई विराटनगराट र दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा दिल कुमारी बुढामगर, उमेश कुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश साह र रन्जित चौधरी रहेका छन् भने एकजनाको नाम खुलाइएको छैन् । प्रहरीका अनुसार ६ जना नै सुनसरी र मोरङ जिल्लाका हुन् ।पक्राउ परेकामध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन्।

एन्जिलालाई शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले उनीहरुको बलि दिने योजना असफल भएको प्रहरीको दाबी छ। प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा आज बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ।

रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले एन्जिलालाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने प्रहरीको अनुमान छ।