‘नेता जनताका सेवक बनौं, आफूमाथि प्रश्न उठ्ने काम नगरौं।’



काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले नेपाली राजनीतिक कर्मीलाई जनताको सेवक बन्न आग्रह गर्दै आफूमाथि प्रश्न उठ्ने खालका काम नगर्र्न सुझाव दिएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमा डा.भण्डारीले लेखेका छन्, ‘मानिसको क्षमताको कदर गरौं। विभिन्न क्षेत्रका विज्ञको विज्ञताको उपयोग गरौं। राष्ट्रको सम्पन्नतामा व्यक्तिगत सम्पन्नतालाई जोडौं। नेता जनताका सेवक बनौं, आफूमाथी प्रश्न उठ्ने काम नगरौं।’

विकास निमार्णलाई मानवतासँग जोड्न र नबुझेका कुरामा अल्पज्ञानको प्रदर्शन नगर्न समेत उनले आग्रह गरेका छन्। पछिल्लो समयामा नेपाली राजनीतिक क्षेत्रमा एमसीसी, इण्डो प्यासिफिक, बिआर आइ, विमिष्टेकलगायतका विदेशी कार्यक्रमहरुको बारेमा विवाद र्सिजना भइरहेको छ।

सायद उनले यसै सन्दर्भलाई इंगित गरेर उक्त धारणा सार्वजनिक गरेको अनुमान लगाउन सकिन्छ। डा.भण्डारी अगाडि लेख्छन्,‘नबुझेका कुरा बुझ्न खोजौं, अल्पज्ञानको प्रदर्शन नगरौं। विकासलाई मानवतासँग जोडौं। देश र जनतालाई सर्वोपरी ठानौं। तब मात्र नेतृत्वले पूर्णता प्राप्त गर्दछ। अनी देशको विकास सार्थक हुनेछ।’