काठमाडौँ। गायिका आशा लामा (ज्ञानमाला) को स्वरमा ‘चुरा पोते’ बोलको आधुनिक गीत बजारमा आएको छ। चर्चित संचारकर्मी एवं अधिवक्ता स्वागत नेपालको रब्द रचना रहेको उक्त गीतमा चन्द्र प्रसाद सिवाकोटीको संगीत रहेको छ।
गीतका रचनाकार नेपाल आफैमा नारीवादी वकाल गर्ने एक अधिवक्ता हुन्। उनले महिलाका हक अधिकार र आवाजका बारेमा थुप्रै समय दिएका छन्।
गायिका (ज्ञानमाला) गीत संगीतको क्षेत्रमा निक्कै लामो सयमदेखि क्रियाशिल छन्। दुई दशक समय गीत संगीतमा समर्पित गरेकी उनले हालै चुरा पोते बोलेका आधुनिक गीत बजारमा ल्याएकी छन्। उक्त गीतमा सावेश शब्दमा श्रीमान र श्रीमतीबीचको प्रेम र आदर्श सम्मानलाई उजागर गरिएको छ।
गायिका (ज्ञानमाला) ले आजका दिनसम्म चार दर्जनभन्दा बढी गीतमा आवाज भरिसकेको बताउछिन्। उनको आवाजमा सजिएका हिलेबाट भोजपुर जाने दाई, गेटमा ताला बन्द, तीजगीत मै कस्ति भाका छु, रिडी दोभान, पचास प्रतिशत, परेवाको जोडी छुटेझैं, धुलिखेल झेरेर, फिकुरीको लेक, चट्टै चरणलगायत गीतहरुको सांगीतिक बजारमा छन्।
‘चुरा पोते’ गीतको म्युजिक भिडियोमा गायिका ज्ञानमाला र जयचन्द्र कुमार लामाको अभियन देख्न सकिन्छ। गीत डिआर फिल्मस् प्रा.लिले उक्त गीत बजारमा ल्याएको हो।
https://www.youtube.com/watch?v=JseIwhDEDUc