आगामी माघ १४ गते स्ववियु निर्वाचन हुनुपर्छ: संयोजक महर


काठमाडौँ। अनेरास्ववियुका संयोजक ऐन महरले आगामी माघ १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। त्यस्तै उनले स्ववियुलाई जीवन्त राख्न स्ववियुको चुनाव अपरिहार्य रहेको समेत बताए।

मंङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (आरआर) ले आयोजनामा गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा वृहत रचनात्मक सप्ताह कार्यक्रममा बोल्दै संयोजक महरले यस्तो बताएका हुन्।

 

अनेरास्ववियु विगतदेखि नै राष्ट्रियता, जनजीविका, लोकतन्त्र र समान शिक्षाका लागि लड्दै आएको स्मरण गराउदै संयोजक महरले आगामी फागनु १४ मा जुनसुकै हालतमा पनि स्ववियु चुनाव हुनुपर्नेमा जोड दिए। साथै, उनले आगामी स्ववियु चुनाव गराउन त्रिभुवन विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराए।

स्वतन्त्र विद्यार्थी युनियन आरआरका सभापति तपेन्द्रजंग शाहीको अभ्यक्षता तथा खेलकुदमन्त्री जगत विश्वकर्माको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रमको उद्घाट गरिएको थियो। आजदेखि नियमित रचनात्मक प्रतियोगिता सञ्चालन भइरहेको सभापति शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।