काठमाडौँ। सरकारले भोलि सार्वजनिक विदा दिएको छ। क्रिसमस डे का लागि सरकारले विदा दिएको हो। इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन्।
विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन्। क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ।
क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्षमा सम्बन्धित धर्मावलम्बीहरुलाई मात्रै विदा दिन थालिएको छ।
त्यस्तै मित्र राष्ट्र चिनेले भने त्र्रिmसमस मनाउनेहरुलाई प्रतिबन्ध लगाएको छ। चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन्। समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका हुन्।
यसलाई राष्ट्रपति सी चीनफिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाइ अभियानको रुपमा हेरिएको छ। दक्षिण पश्चिमी सहर नान्याङ र राजधानी बेइजिङ नजिकैको करिब ४० लाख जनसंख्या भएको सहर लाङफाङमा क्रिसमसका सामान बेच्ने पसलहरुबाट सामान हटाउन लगाइएको छ। लाङफाङमा क्रिसमसको तयारीमा गरिएका सजावट र गरिएको रंगरोगन समेत हटाउन लगाइएको साउन चाइना मर्निङ पोस्टु ले लेखेको छ।