समाजवादी पार्टीले सरकार छाड्ने, उपेन्द्र यादवले आजै राजीनामा दिने



काठमाडौँ। अन्तत: उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। केन्द्रीय अध्यक्षसमेत रहेका यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले ‌आज मंगलबार सरकार छाड्ने निर्णय गरेको हो।

यादवको केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतले जनाएको छ। समाजवादी पार्टीका तर्फबार सरकारमा २ जना मन्त्री छन्। १९ जेठ २०७५ मा यादव उपप्रधान तथा स्वास्थ्यमन्त्रीको हैसियतमा सरकारमा सहभागि भएका थिए।

राजनीतिशास्त्री कृष्ण पोखरेलका अनुसार आजसम्म यादव सत्तामा बसिरहनुको पहिलो कारण सत्ताप्रतिको आशक्ति थियो। त्यस्तै यादवको समाजवादी पार्टीले सरकार नछोड्नुका पछाडि एउटा अर्को कारण पनि हुन सक्ने कतिपयको ठम्याइ छ।

त्यो हो ‘गौर हत्याकाण्डस’ गौर हत्यकाण्डमा रौतहटमा २७ जनाको ज्यान जानेगरी भएको घटनाबारे अनुसन्धानको फाइल खोल्न सकिने डर थियो। करिब नौ वर्षअघि रौतहट जिल्लाको गौरमा भएको ‘हत्याकाण्ड’ मा यादवको नाम पनि जोडेर हेर्ने गरिएको छ। अब बाँकी दिनमा के हुन्छ? त्यो भने पर्खाएको विषय बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसिर २०७६ मा मन्त्रीमण्डल फेरबदल गरी यादवको मन्त्रालय परिवर्तन गरेका थिए। डा. बाबुराम भट्टराईले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवसँग सल्लाह नै नगरी कानून मन्त्रालयको जिम्मेवारी दिएको भन्दै सरकारको उक्त निर्णयमा असहमति जनाएका थिए।

डा.भट्टराई पक्ष तत्तकाल सरकार छोड्नु पर्नेमा थियो भने उप्रेन्द्र यादव पक्ष एक पटक प्रधानमन्त्रीलाई स्वयं भेटेर छिनोफानो गर्नेमा पर्ख र हेरको स्थितिमा रहेको थियो। अन्ततः समाजवादी पार्टीले सरकार छोडेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।

यस्तो थियो उपेन्द्र यादवले मन्त्रिपरिषदमा राख्न खोजेका प्रस्ताव: