अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षलाई नियन्त्रणमा लिएको नेकपाको दावी


काठमाडौँ। दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको पुष्ठि भएको छ।

शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट नेकपा दैलेखले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ। अध्यक्ष शाहीलाई पार्टीका बिरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेको कारण गिरफ्तार गरिएको पार्टी स्रोतले बताएको छ।

अध्यक्ष शाहीलाई लिन जाँदा उनको श्रीमतीसँगै हिँडेको तर पछि बाटोमा नै छोडिदिएको नेकपा दैलेख जनाएको छ।