‘मार्क्सले कात्रो किन्ने पैसा पाएनन्, नेपाली मार्क्सवादी पैसा राख्ने खेताला खोज्दैछन्’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता लेखनाथ न्यौपानेले मार्क्सवाद नैतिक धरातल भएको बताएका छन्। काठमाडौँमा मार्क्सवादी युवा मञ्चको पहिलो बैठकमा आफ्नो धारणा राख्दै नेता न्यौपानेले मार्क्सवादीले भन्ने र गर्ने व्यावहार कत्ति पनि तालमेल नमिलेको बताए।

‘अहिले हाम्रोमा मार्क्सवादीहरु पैसा कहाँ राख्ने भनेर खेतला खोज्न थालेका छन्, कार्यक्रम बोल्दै नेता न्यौपानेले भने। उनले नेपालका मार्क्सवादीहरुले अहिले पैसा राख्ने खेताला खोज्ने अभियाननै चलाएको भन्दै यस्तो काम माक्सवादविरुद्ध हुने बताए।

कार्यक्रम मार्क्सवादी युवा मञ्चका सल्लाहकार डा.बाबुराम अधिकारीले युवाहरुले मार्क्सवादी युवा मञ्च मार्फत चलाएको अभियानले सबैलाई उत्साह थपेको भन्दै अहिलेका युवाहरुलाई मार्क्सवादको बारेका स्कुलिङ्ग संचालन गर्नु पर्नेमा जोड दिए।

केही हप्ता अगाडी गोरखाको लिगलिगकोटमा घोषणा भएको मार्क्सवादी युवा मञ्चको कार्यसमितिले काठमाडौँमा आएर पहिलो पटक मन्चका सल्लाहकारसँग समिक्षात्मक बैठक गरेको छ।