आज वर्षकै छोटो दिन



काठमाडौँ। आज अंग्रेजी महिना डिसेम्बरको २२ तारेक हो। नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ। आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुनेगर्छ।

दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ। पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १० पला छ। आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ। यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ।

रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ। प्राचिन समयमा यसै दिनलाई मकर संक्रान्ति भनेर मनाउने गरीएको ज्योतिषी डाक्टर सुनिल सिटौलाले बताए। सरकारी पात्रोहरुमा पनि आजको दिनलाई सायन मकर संक्रान्ति या मकर दृश्याङ्क भनेर जनाइएको हुन्छ। भोलीबाट क्रमश दिन बढ्दै र रात घट्दै जानेछ। भोलिदेखि दिन लामो हुन थाल्छ। नेपाली मान्यताअनुसार पुस १५ गतेदेखि दिन बढ्दै र रात घट्दै जान्छन्।