सुर्खेत। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग नेतृत्वको टोलीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटको छ।
शनिबार प्रदेश राजधानी सुर्खेतमा भएको भेटमा मुख्यमन्त्री शाहीले कर्णालीमा उर्जा क्षेत्रको विकास र तत्काल गर्नुपर्ने कामहरुको बारेमा तदारुकता देखाउन घिसिङलाई आग्रह गरेका छन्।
घिसिङलाई कर्णालीमा राष्ट्रिय विद्युत प्रशारण लाईन यथासिघ्र विस्तार गर्न, कोहलपुर सुर्खेत प्रशारण लाईनको १३२ केभिए क्षमतामा स्तरोन्नति गर्न, गरिव घरपरिवारलाई निःशुल्क मिटर वितरणको व्यवस्था गर्न मुख्यमन्त्री शाहीले आग्रह गरेका थिए।