कालिकोट। नेपाल राहत शिक्षक, कालिकोटले राहत शिक्षकको स्थास्थायी व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। जिल्लाका शैक्षिक सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा उपस्थिति संस्थाका पदाधिकारीहरुले सरकारसँग यस्तो माग गरेका हुन्।
नेपाल राहत शिक्षक, कर्णाली प्रदेशका अध्यक्ष बुद्धिसिंह विष्टका अनुसार शनिबार सदरमुकाम मान्नमा सम्पन्न कार्यक्रममा पेशागत संघसंगठनले राहत शिक्षकको जारी आन्दोलनमा जुनसुकै किसिमको साथ रहने ऐक्यबद्धता जनाएका छन्।
शिक्षक महासंघ कालिकोटका सचिव सुरेन्द्रबहादुर शाही र शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख महेश देवकोटाले राज्यको विभेदकारी नीतिका विरुद्ध संघर्ष गर्ने कुरामा जोड दिएका छन्।
राहत शिक्षकको स्थायी व्यवस्थापन र पेशागत शुनिश्चितताका लागि अबको आन्दोलन निर्णायक हुनुपर्ने सहभागी राहत शिक्षकहरुको माग छ।