नेत्र भण्डारी र गीता सेन्चुरीको स्वरमा ‘माझीदाई’ सार्वजनिक



काठमाडौँ। गायक नेत्र भण्डारी र गीता सेन्चुरीकाे सुमुधुर आवाजमा ‘माझीदाई’ बोलको नयाँ गीत बजारमा आएको छ। उक्त गीतमा प्रदिप अधिकारीले शब्द रचना गरेका छन् भने ध्रुवराज धितालले लय र्सिजना गरेका छन्।

त्यस्तै गीतको संगीत संयोजन कमल सौरागले गरेका छन्। गायक भण्डारीको आवाजमा रहेका गीतहरुले एकपछि अर्को गर्दै बजारमा आफ्नो छाप छोड्न सफल हुँदै गएक अवस्था छ।

भण्डारीको आवाजमा रहेको स्याउँ ल्याइदिउकी केरा, चुप लाग चुप, हार्दिक श्रद्र्धाञ्जली, नियती, अमिलो अम्चुरलगायत गीतले दर्शक स्रोताको मन जितेको सत्य हो।

हालै बजारमा आएको ‘माझीदाई’ बोलको गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका छन्। अर्जुन तिवारीले गीतका दृश्य कैद गरेका छन् भने गीतको म्युजिक भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन्। गीतमा चर्चित डान्सिङ रियालीटी शो ‘वुगीउगी’ की विजेता कविता नेपाली र विजु पार्कीको जोडदार नृत्य देख्न सकिन्छ।