काठमाडौं म्याराथन (फोटो फिचर)



काठमाडौँ। काठमाडौं म्याराथनको उपाधिमा कान्छीमाया कोजुले ह्याट्रिक गरेकी छन्। शनिबार बिहान भएको म्याराथनमा कान्छीमायाले महिलातर्फ लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेकी हुन्। नेपाल एपीएफ क्लबकी धाविका कान्छीमायाले निर्धारित दुरी दुई घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गरिन्।

यसअघि दुई संस्करणको च्याम्पियन उनको यो समग्रका पाँचौं काठमाडौं म्याराथन उपाधि हो। आर्मीकी सरिता वासी दोस्रो भईन्। सिरताले निर्धारित दुरी तीन घन्टा १९ मिनेटसात सेकेन्डमा पूरा गरिन्। निर्जला ताम्राकार तेस्रो भईन्। निर्जलाले तीन घन्टा ४५ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरिन्।

१३औं संस्करणको यस म्याराथनमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ। पुरुषमा आर्मीका नरेन्द्रसिंह रावल च्याम्पियन भए। नरेन्द्रले निर्धारित दुरी दुई घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गरे।

आर्मीकै वेदबहादुर सुनारले दुई घन्टा ३४ मिनेट २० सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो र आर्मीकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३४ मिनेट ४५ सेकेन्डमा दौड सक्दै तेस्रो भए। म्याराथन विजेताले उपाधिसँगै ५० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे।

यसैगरी हाफ म्याराथनमा पनि आर्मीका खेलाडीले वर्चस्व जमाए। पुरुषमा आर्मीका राजन रोकाया पहिलो, आर्मीकै हरि कुमार रिमाल दोस्रो र रामजी बस्नेत तेस्रो भए।

महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मीकै सानुमाया कार्की दोस्रो र नेपाल पुलिस क्लबकी रेखा बिष्ट तेस्रो भए। हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजारहजार र सात हजार रुपैयाँ पुरस्कार पाए। दशरथ रंगशबालाबाट सुरु भएको म्याराथन शहरका विभिन्न स्थान हुँदै पुनः दशरथ रंगशालामा आएर सकिएको थियो।

तस्बिर: मुकुन्द कालिकोटे