काँग्रेस नेता भण्डारी पीएचडी उपाधिबाट दीक्षित



काठमाडौं। त्रिविको ४५ औँ दिक्षान्त समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी पनि दीक्षित भएका छन्। बिहीबार पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको त्रिविको ४५ औँ दिक्षान्त समारोहमा उनी विद्यावारिधि (पीएचडी)उपाधिबाट दीक्षित भएका हुन्।

दिक्षान्त समारोहमा सहभागी भएर विद्यावारिधि उपाधिबाट दीक्षित हुन पाउदा हर्षित भएको भन्दै नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेका छन्।

दीक्षित भएपछि सामाजिक संजालमा लेखेका छन्, “त्रिभुवन विश्विद्यालयको ४५औं दिक्षान्त समारोहमा सहभागी भई विद्यावारिधि उपाधिबाट दिक्षित हुन पाउदा हर्षित छु। यसले मेरो देशका धेरै अंगहरुलाई राम्रोसंग चिन्ने मौका मिल्यो। त्रिवि,सम्पूर्ण पदाधिकारी,मेरा गुरूवर्ग र मलाई सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार।”