दर्लम पर्यटन तथा वृहत साँस्कृतिक महोत्सवको आयोजना हुने



काठमाडौँ। गायक नविन पौडेलको जन्मथलो पाल्पाको बगनासकाली गाउँपालिकामा पहिलो पटक दर्लम पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको हो। बगनासकाली सरोकार केन्द्रको आयोजनामा सम्पन्न हुने महोत्सवमा पाल्लामा जन्मिएका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहने महोत्सवका संयोजक तथा गायक पौडेलले कर्णाली सन्देशलाई जानकारी दिए।

बुधकार गायक पौडेलले उक्त महोत्सवको बारेमा सामाजिक सञ्जाल मार्फत जारी दिएका थिए। उनले लेखेका छन्,‘बगनासकाली गाउपालिका स्तरीय प्रथम दर्लम पर्यटन एवं साँस्कृतिक महोत्सव गर्न गैरहेका छौँ। बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको संरक्षकत्व एवं वडा नम्बर ५ का वडाध्यक्ष इश्वर कुमार रानाको अध्यक्षतामा ‘बगनासकाली सरोकार केन्द्र’ नामक सस्थाको निर्माण गरेर महोत्सवको मुल आयोजक समिती गठन गरिएको छ।’

यहि पुस १२ गते सनिबार आयोजना गरिने महोत्सवको प्रमुख आतिथिका रुपमा पूर्व प्रधानन्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी ररहने छन्। कार्यक्रममा पाल्पाका दुर्इ जना संघीय सभाका सांसद सोम प्रसाद पान्डे र दल बहादुर राना त्यस्तै प्रदेशसभाका सांसदहरुको समेत उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।

त्यस्तै पाल्पामै जन्मिएर देशलाई ठूलो योगदान दिने डा.भगवान कोइराला, गभर्नर डा.चिरञ्जीवी नेपाल, पुनर्निर्माण प्राधिकरण सिइओ सुशील ज्ञवाली, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी, पूर्व प्रहरी महानिरीक्षक कुबेरसिं राना, गन्डकी प्रदेशका मुख्य सचिव हरिप्रसाद बस्याल, गन्डकी प्रदेशकै मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्याल, नेपाल सरकारका सहसचिव अणप्रसाद न्यौपानेको उपस्थिति रहने छ।

त्यस्तै पाल्लाको माटोमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल कलाकारहरु राजेश हमाल, नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसि, लक्ष्मी न्यौपाने, बद्री पङ्गेनी, सेमन्तमणी खराल, किरण चित्रकार, नारायण खनाल लेकालीलगायत व्यक्तिहरुको पनि उपस्थिति रहने आयोजकको भनाई छ।

माथी उल्लेखित ब्यक्तित्वका अलावा पाल्पा जिल्लामा जन्मिएका अग्रज कलाकार, अनुज कलाकार, चर्चित गायक गायिका एबम चर्चा नकमाएका गायक गायिकालाई सम्मान गरिनेछ।

त्यस्तै कलाकार मञ्च नेपाल सहआयोजक रहेको महोत्सवको सहयोगीमा पाल्पाका दुई नगरपालिकासहित ८ वटै स्थानीय तह रहेका छन्।

त्यस्तै पाल्पा समाज जापान, कोहीनुर मेटल उद्योग बुटवल, गरिमा विकास बैंक, कम्यनिटी डेभलप्मेन्ट बैंक, समानिमा इन्स्योरेन्स, भूगर्भ सिमेन्ट भिजन लुम्बिनी,उद्योग वाणिज्य संघ पाल्पा, रुपन्देही समाज अष्ट्रेलिया, मनसुन पलाष्टिक अद्योग, रुपेन्द्रही व्यापार संघ, श्रीनगर यायातायत सेवा कम्पनी प्रा.लि., सिटी एक्सप्रेस मनी ट्रान्सफर, ग्यालेक्सी कुरियर प्रा.लि, काठमाडौं, कान्तिपुर डेन्टल कलेज एण्ड जनरल हस्पिटल काठमाडौँ, पाल्पा समाज पोखरा, पाल्पाली संगम काठमाडौँ, रिडी राम्दी पाल्पाली समाज काठमाडौँ, ग्रीन प्लान्ट बोर्डिङ स्कुल देवदह रुपन्देही, पाठक सिमेन्ट प्रालि, टाइगर प्यालेस रिसोर्ट भैरहवाले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

त्यस्तै देबदह इङ्लिस बोर्डिङ हाइ स्कुल देबदह रुपन्देही, पाठक सिमेन्ट प्राली, मनकामना इट्टा उध्योग रुपन्देही, रोडिज अटोम्याट प्राली बुटवल, टाइगर प्यालेस रिसोर्ट भैरहवाले पनि महोत्सवलाई साथ दिने भएको छ।