नेपाल बुद्धिचाल संघ, बाँकेको अध्यक्षमा योगी



दिपेन्द्र हमाल,

बाँके। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालगंज उपमहानगरपालिका नगर कमिटीकी सदस्य करिश्मा कुमारी योगी नेपाल बुद्धिचाल संघ बाँकेको अध्यक्षमा चयन भएकी छन्।

मदन भण्डारी स्पोर्ट्स एकडेमी जिल्ला कार्यसमिति बाँकेकी सचिवसमेत रहेकी योगी नेपाल बुद्धिचाल संघको इतिहासमा पहिलो महिला जिल्ला अध्यक्ष बनेकी हुन्। ११ सदस्यीय संघको उपाध्यक्षमा पशुपति नाथ योगी, सचिवमा अविराज क्षेत्री, कोषाध्यक्षमा प्रतिमा महत चयन भएकी छन्।

त्यस्तै सदस्यमा विज्ञान शाह, मदन वली, प्रकाश शाह, सरेश चौधरी, प्रदिप खनाल चयन भएका छन्। थप दुई जना जिल्ला खेलकुद विकास बाँकेले चयन गर्ने नव निर्वाचित योगीले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।