छोरी सुरक्षा कार्यक्रम कालिकोटबाट सुरू


ललित बिष्ट,

कालिकोट। कार्णाली प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रम कालिकोटबाट सुरू गरेकाे छ। अबका दिनमा प्रदेशमा जन्मिने छोरिहरुको लागि प्रदेश सरकारले बैंक खातामा मासीक ५०० रुपैंया जम्मा गर्नेछ।

आर्थिक वर्ष २०७६/०७७ पछि जन्मिएका छोरीहरुले उक्त सुविदा पाउने छन्। प्रदेश सरकारले २०७६ को नीति तथा कार्यक्रममा ल्याएको ‘छोरी सुरक्षा’ कार्यक्रम कालिकोट जिल्लाबाट मंगलबार सुरु गरिएको हाे।

‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ भन्ने मुलनारा साथ प्रदेश सरकारले जिल्लाको खाँडाचक्र नगरपालिकाका प्रदिप नेपाली र दर्शना नेपालीकी ५ महिने छोरी जानकी नेपाली र खाँडाचक्र वडा नं १ निवासी बुवा नयाँ सुनार र आमा रत्ना सुनारकी ३ महिने छोरी जमुना सुनारको नाममा राष्ट्रिय बाँणिज्य बैंक शाखा कालिकोटमा खाता खाेलेर उद्घाटन गरिएको छ।

कर्णालीकी छोरीहरुले बैंक खातामा जम्मा भएको सावाँ मात्र १ लाख २० हजारको साथै ब्याजसहित उक्त रकम झिक्नको लागि २० वर्ष पुगेपछि विवाह गर्ने र कम्तीमा १० कक्षा पढ्नु पर्नेछ।

कार्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैंकमा पैसा जम्मा गरेको भौचर ती बालिकाहरुका आफन्तलाइ हस्तान्त्रण गरेर उक्त अभियान सुरु गरेका हुन्।

बैंक भौचर हस्तान्त्रण गदै मुख्यमन्त्री शाहीले कर्णालीमा बालबिवाह न्युनिकरण गर्ने उद्देश्यले कर्णाली प्रदेशमा उक्त कार्यक्रम लागु गरिएकाे बताए। छोरिहरुप्रति जगडीएको परम्परागत कुसस्कार र कुरीती जस्ता जगन्य अपराधलाई निर्मुल पार्नमा आफू लागि परेको स्पष्ट पारे।