चीनले दियो प्रहरीलाई मोटरसाइकल उपहार



काठमाडौँ। नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ। दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिवले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन्।