पाँच सयभन्दा बढी बिरामीको नि: शुल्क उपचार


वीरगन्ज। मोदीया विन्दु रोग निर्मूल पार्ने अभियानका क्रममा वीरगन्ज महानगरपालिले पाँच सय बिरामीको निःकुल्क उपचार गरेको छ। मेयर कल्याणकारी कोषको आर्थिक सहयोग र मातृका आइ फाउण्डेसनको सहकार्यमा जिल्लाका विभिन्न स्थानीय तहमा स्वास्थ्य सिबिरको आयोजना गरिएको हो।

जस अन्तरगत मोतिया विन्दू रोगबाट ग्रसित रहेका विरामीको पहिचान गर्दै निःशुल्क उपचार कार्यक्रमलाई अगाडि भढाइएको हो। जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएका स्वास्थ्य सिविरमा पाँँच हजार भन्दा बढी महिला तथा पूरुषको परिक्षण गर्दा एक हजार भन्दा बढी मोतिया विन्दू रोगका विरामी फेला परेको महानगरपालिकाले जनाएको छ।

विरामीहरु मध्ये पाँच सय ३६ जनाको मंगलबार सम्म फेको पद्यतिबाट आँखा शल्यकृया सम्पन्न भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए। उनले पहिचान भएका रोगीलाई घरबाट सदरमुकाम वीरगन्जमा रहेका उपचार केन्द्रसम्म ल्याउनेदेखि औषधी उपचारपछि घरसम्म पु¥याउनेसमेत गरेको बताए।

 

नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाका विभिन्न वडा लगायत पर्साको ठोरी गाउपालिका, बहोदरामाई नगरपालिका, पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका लागयतका स्थानिय तहका बासिन्दाहरुले निःशुल्क उपचार पाएको जानकारी दिएका छन्।