पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय



काठमाडौँ। पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। लाहौर हाइकोर्टले यो फैसला सुनाएको हो। उनी भने हाल पाकिस्तानमा छैनन्।

दुबईमा उनको उपचार भइरहेको छ। केही दिन अघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए।

आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ। देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु।’