सम्झनामा केशव भट्टराई (फोटो फिचर)


काठमाडौँ। आइतबार राति निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आज अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

भट्टराईको पार्थिव शरिरमा सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए। राष्ट्रिय झण्डा ओडाएसँगै प्रहरीको एक टुकडीले शोकधुन बजाएर सलामी दिएको थियो।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको थियाे।

उनको हृदयघातका कारण निधन भएको बताइएको छ। भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्षमा चयन भएका थिए। करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रीय ५४ वर्षीय भट्टराईका एक पत्नी र छोरा रहेका छन्।

तस्बिर: मुकुन्द कालिकोटे