काठमाडौंमा नेकपाका कार्यकर्तामाथि प्रहरी हस्तक्षेप


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ले भारतीय सीमा हस्तक्षेपका विरुद्धमा आयोजना गरेको विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

सोमबार काठमाडौंको ढल्कुमा सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो। विज्ञहरुले सार्वजनिक गरेको नयाँ नक्सासहित प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

प्रहरीको हस्तक्षेपछि कार्यकर्ता तितरवितर भएका थिए। अन्तिममा विद्यार्थीहरुले केही समय प्रदर्शन गर्दै कोणसभा गरेका थिए।