अक्षयकोषको रकमबाट शैक्षिक सामग्री वितरण



कौरव खत्री,

गुल्मी। जिल्लाको मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर स्थित गंगा प्राथमिक विद्यालयमा विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीहरु वितरण गरिएको छ।

आइतवार विद्यालयमा सम्पन्न भएको शैक्षिक सामग्रीहरु वितरण तथा नतिजा प्रकाशन कार्यक्रममा सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले विद्यालयको भौतिक पूर्वाधारको विकाससँगै अव शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताए।

साथै भण्डारीले विद्यालयको लागि आवश्यक सहयोग गर्न मुसिकोट नगरपालिका तयार रहेको भन्दै विद्यालय छोडेर विदेश हैन यहि उच्च शिक्षा हासिल गरेर आफ्नो खवी र क्षमताको प्रयोगले आफ्नै गाँउ ठाँउ थुप्रै अवसर मिल्ने बताए।

त्यस्तै अवसरमा मुसिकोट नगरपालिकाका शिक्षा प्रमुख देवीराम शर्माले विद्यालय व्यवस्थापन समिति लगायत अभिभावक,शिक्षक,विद्यार्थी सबै मिलेर शैक्षिक गुणस्तर सुधारमा लाग्नु पर्ने बताए।

त्यस्तै अवसरमा विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले विद्यालयको समग्र पक्ष र शैक्षिक गतिविधिको बारेमा जानकारी गराउदै अक्षयकोषदाता र चन्दादातालाई धन्यवाद दिदै शुभकामना मन्तव्य राखेका थिए।

अवसरमा विद्यालयमा स्थापना भइआएको १ लाख रकमको टिकाबहादुर,हुमकुकारी,खिमकुमारी फाउण्डेशन नामक अक्षयकोषबाट प्राप्त ८ हजार ब्याजले विद्यालयका बाल कक्षादेखि कक्षा ५ सम्ममा अध्ययन गर्ने सबै बालवालिकाहरुलाई कपि पेन लगायतका सामग्रीहरु वितरण गरिएको थियो। अवसरमा विद्यालयमा बाल कक्षादेखि कक्षा ५ को अर्धबार्षिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको थियो।

अवसरमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी,मुसिकोट नगरपालिकाका शिक्षा प्रमुख देवीराम शर्मा, चन्दादाता जगत अधिकारी,पूर्व शिक्षक गिता पल्ली,पूर्व कार्यालय सहयोगी आशा सारु लगायतलाई सम्मान गरिएको थियो।

सोही अवसरमा मुसिकोट नगरपालिका २ रातचौर निवासी टिकाबहादुर,हुमकुकारी,खिमकुमारी फाउण्डेशन नामका अक्षयकोषदाता खिम कुमारी खत्रीले नगद रु। ८ हजार रकम विद्याललयका प्रधानाध्यापक कौरव बहादुर खत्री र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर खत्रीलाई हस्तान्तरण गरेकी थिइन।

अवसरमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुनपा २ का प्रधानाध्यापक सुरेन्द्र नेपाली,रेडियो पुष्पाञ्जलीका समाचार प्रमुख अनिश शर्मा गैरे, पूर्व प्रधानाध्यापक जनक बहादुर खत्री, अक्षयकोषदाता खिमकुमारी खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु जगत बहादुर अधिकारी,रविलाल कुमाल,लक्ष्मी खत्री,पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु बहादुर खत्री, शिक्षक अभिभावक संघ अध्यक्ष यम बहादुर खत्री, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष कृष्ण बहादुर कार्की लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, महिला, चन्ददाता लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम गंगा प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर खत्रीको अध्यक्षता विद्यालयकी शिक्षिका माया थापाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने विद्यालयकी शिक्षिका पार्वती खरालले गरेकी थिइन्।

तस्बिर कौरव खत्री