जनकपुरमा जताजतै बम



धनुषा। प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा हिजो रातिदेखि नै बम आतंक छ। जनकपुरको बाह्रबिघा रङ्गभुमी मैदानलाई केन्द्रबिन्दु बनाएर वरिपरि रहेको विभिन्न बाटोमा शंकापष्द वस्तु फेला परेको छ।

आइतबार राति ९ बजे र आज सोमबार करिब साढे ९ बजे फेरि अर्को ठाउँमा शंकाष्पद वस्तु हरियो बोरामा बेरिएको अवस्थामा सरस्वती उच्च माध्यमिक विद्यालय छेउमा वेवारिसे बोरा फेला परेको छ। जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ ।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटर पूर्वतर्फ बाह्रबिघास्थित सरस्वती उच्च मा विद्यालय नजिक सडकमा शंकास्पद वस्तु देखिएको जानकारी दिए।

विद्यालय नजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिले त्यहाँ आवतजावतमा रोक लगाइएको छ। श्रोत अनुसार जनकपुर स्थित बाह्रबिघा मैदानमा एनसेलले महामेला आयोजन गर्न लागेको जानकारी पाएपछि बिप्लव नेकपाले सोको वरिपरि बम राखेको छ।