बुटवल। प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ र प्रदेश स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरेको छ।
हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको छ।