गजलकार बराल सम्मानित



काठमाडौँ। हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनले विभिन्न विधाका सर्जकहरूलाई सम्मान गरेको छ। संस्थाले आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको गजल रत्न पुरस्कार पाँचथरका गजलकार मधु केरुङ केवालाई प्रदान गरेको छ।

त्यस्तै गजल श्री पुरस्कार कोहलपुर बाँकेकी गजलकार नमिता बराल र मोतीराम गजल प्रतिभा सम्मान चितवनका गजलकार वसन्त मोहन अधिकारीलाई प्रदान गरेको आयोजकले जानकारी दिएको छ।

सँस्थाको २१औँ वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार एवं सम्मान प्रदान गरिएको संस्थाका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले कर्णाली सन्देशलाई जारी दिएका छन्।