नेकपा स्थायी समिति बैठकमा पाँच कार्यसुची पारित



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच वटा कार्यसुची पारित गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठकले अध्यक्षद्धय ओली र दाहालले मिलेर राजनीतिक प्रतिवेदन पेस गर्ने बताएका छन्।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले भारतसँगको सीमा विवादबारे छलफल गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, विधान संशोधन गर्ने र विविध गरी पाँचवटा कार्यसूची पारित गरेको पनि स्पष्ट पारे। स्थायी समितिको अर्को बैठक भोलि (सोमबार) बिहान ११ बजे बस्नेछ।

तस्बिर: मुकुन्द कालिकोटे